एफवन सफ्ट (F1Soft) को खाताबाट करोडौं चोरी: साइबर सुरक्षामा गम्भीर चुनौती (F1Soft Cyber Attack)
फिनटेक कम्पनी एफवन सफ्ट (F1Soft) ग्रुपको खाताबाट ठूलो रकम चोरी भएको घटना बाहिर आएको छ। करिब दुई महिना अगाडि कम्पनीले आफ्नो खाताबाट रकम हराएको भन्दै साइबर ब्युरोमा उजुरी दिएको थियो।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले कसैले सिस्टममा अनुमति बिना पहुँच गरेर रकम चोरेको शंका रहेको बताए। “घटनाको अनुसन्धान जारी छ,” उनले भने, “यो विषयमा प्राविधिक अध्ययन पनि हुँदैछ।”
उनका अनुसार, यो घटनामा धेरै व्यक्ति संलग्न हुनसक्ने देखिन्छ। अनुसन्धानकै क्रममा भएकाले अहिले थप जानकारी दिन नसकिने उनले बताए।
नयाँ पत्रिकाका अनुसार, ह्याकरले एफवन सफ्ट (F1Soft) को सिस्टममा प्रवेश गरेर करिब तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन्।
एफवन सफ्ट(F1Soft) , ईसेवार फोन पे जस्ता फिनटेक कम्पनीहरूको मुख्य कम्पनी हो। यो संस्थाले विभिन्न बैंकका लागि इन्टरनेट र मोबाइल बैंकिङ प्रणाली तयार गर्ने, सञ्चालन गर्ने र व्यवस्थापन गर्ने काम गर्दै आएको छ।